साफ च्याम्पियनशिप: साविक विजेता भारतले श्रीलंकालार्इ २-० ले हरायाे

 भदौ २०, २०७५ बुधबार २०:४५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

ढाका - साविक विजेता भारतले साफ च्याम्पियनसिपको पहिलो खेलमा जित हात पारेको छ । 

बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा आज भएको खेलमा भारतले श्रीलंकालाई २–० ले हरायो । जितसँगै भारतले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । तीन टिम रहेको समूह बीमा भारतले तीन अंक जोडेको छ । 

खेलभरी नै श्रीलंकालाई दबाब दिएको भारतले पहिलो हाफमा एक गोल गरेको थियो । ३५औं मिनेटमा आशिक कुरिनियानको गोल मार्फत भारतले अग्रता बनाएको थियो ।

दोस्रो हाफको दोस्रो मिनेटमा भारतले अग्रता लम्ब्यायो । यसपटक लालियानजुवाला छांटेले गोल गरेका थिए । 

समूह बीमा भारत, श्रीलंका र माल्दिभ्स छन् ।
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया