मलेसियामा कामदारको न्यूनतम तलब बढ्ने

 भदौ २०, २०७५ बुधबार २१:२६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - मलेसियन सरकारले कामदारको न्यूनतम तलब बढाउने घोषणा गरेको छ ।

आउँदो जनवरी १ देखि लागू हुने गरी घण्टाको ५ दशमलव ५ रिंगिट तथा मासिक १ हजार ५० रिंगिट न्यूनतम तलब हुने त्यहाँको प्रधानमन्त्री कार्यालयले जनाएको छ । अहिले मलेसियामा कामदारको न्यूनतम तलब ९२० देखि १ हजार रिंगिटसम्म छ ।

देशको आर्थिक अवस्थाका आधारमा तलब बढाउने घोषणा गरिएको मलेसियाको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

न्यूनतम तलब बढ्दा त्यहाँ कार्यरत नेपाली कामदार पनि प्रत्यक्ष लाभान्वित हुनेछन् । मलेसियामा झण्डै ५ लाख नेपाली कार्यरत रहेको अनुमान छ । 


 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया