पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको भाउ बढ्यो

 भदौ २०, २०७५ बुधबार २२:४६:३९ | उज्यालो सहकर्मी

काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको भाउ बढाएको छ । पेट्रोलमा लिटरको १ रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ भाउ बढेको निगमले जनाएको छ ।

भाउ बढेपछि अब पेट्रोल लिटरको १ सय १२ रुपैयाँ, डिजेल र मट्टीतेल ९८ रुपैयाँ तथा खाना पकाउने ग्यासको मूल्य १४ सय रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको तथा अमेरिकन डलरको तुलनामा नेपाल र भारतीय रुपैयाँको अवमूल्यन भएकाले भाउ बढाउनु परेको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभएको छ ।


 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया