निर्दयी सौतेनी आमा : जसले छोरीको सामूहिक बलात्कार गर्न लगाइ हत्या गरिन्

 भदौ २१, २०७५ बिहिबार ७:३८:१९ | एजेन्सी
unn.prixa.net

भारतमा नौ वर्षीया बालिकाको बलात्कार गरी हत्या भएको छ । काश्मिरको बरमुल्लाह जिल्लामा यो घटना भएको हो । ती बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेर घरबाट करीब एक किलोमिटर परको जङ्गलमा लगेर गाडिएको अवस्थामा  प्रहरीले भेटेको हो । 

घटनामा संलग्न भएको आशङ्कामा चार जना पुरुष र एक महिलालाई पक्राउ गरेको छ । पक्राउ परेका चार जनाको बलात्कारमा संलग्नता रहेको प्रमाण प्रहरीले जुटाइरहेको छ । पक्राउ परेकी एकजना महिला भने ती बालिकाकी सौतेनी आमा हुन् । 

भारतमा हुने गरेका निर्मम हत्या र बलात्कारका घटनाको पछिल्लो दर्दनाक यो घटनाले स्तब्ध बनाएको सञ्चारमाध्यमले जनाएका छन् । 

उनी बेपत्ता भएको १२ दिनपछि ती बालिकाका पिताले प्रहरीमा उजुरी गरेका थिए । त्यसपछि प्रहरीले खोज्ने क्रममा गएको मंगलबार उनको शव भेटेको थियो । 

गएको अगष्ट २४ मा सौतेनी आमाले आफ्नै १४ वर्षीय छोरा र उनका १४ र १९ वर्षका साथीलाई ल्याएर ती बालिकालाई बलात्कार गर्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको छ । ती बालिका गएको २४ अगष्टदेखि हराएको सूचना आएपछि उनलाई उनकै आमाले जङ्गलतर्फ लगेको देखेको गाउँलेले बताएका थिए । 

सौतेनी आमाले नै बञ्चरोले टाउकोमा हानेर ती बालिकाको हत्या गर्न लगाएको प्रहरीसमक्ष स्वीकारेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया