अर्घाखाँचीका स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन

 कात्तिक ३०, २०७८ मंगलबार १२:२०:१८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – श्वासप्रश्वास प्रकृयामा अक्सिजनको कमीले हुने जोखिम नियन्त्रण गर्न अर्घाखाँचीका विभिन्न स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरिएको छ। 

कोभिड तथा श्वासप्रश्वासमा अक्सिजनको कमीले  हुने रोगहरुको नियन्त्रण गर्न नेपाली कांग्रेसका नेता डाक्टर जयबहादुर टण्डन र डाक्टर मुक्ति श्रेष्ठको पहलमा अर्घाखाँची दिगो विकास केन्द्रले अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरेको हो। 

सन्धिखर्क नगरपालिकाको अर्घा स्वास्थ्य चौकी,  मालारानी गाउँपालिकाको हंसपुर स्वास्थ्य चौकी, भूमिकास्थान नगरपालिकाको खिल्जी स्वास्थ्य चौकी र पाणिनि गाउँपालिकाको अड्गुरी स्वास्थ्य चौकी, पाली स्वास्थ्य चौकी ,पटौटी  स्वास्थ्य चौकी र मालारानी गाउँपालिका १ को मरेंग स्वास्थ्य चौकीमा एक/एक वटा कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य सामग्री प्रदान गरिएकाे हाे । 

आफ्नै गाउँको स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरेपछि मालारानी गाउँपालिका वडा नम्बर १ र २ का स्थानीयहरु हर्षित भएका छन्। मालारानी गाउँपालिकाको १ र २ का बासिन्दाले सेवा लिने स्वास्थ्य चौकीमा अक्सिजन मेसिन लिएर डा.टण्डनको टोली गएपछि उनीहरु खुशी भएका हुन्। 

अक्सिजनको अभावमा जन्मिएका शिशुहरूमा स्वास्थ्यमा जटिलता उत्पन्न भएको स्मरण गर्दै आउँदाे दिनमा कन्सन्ट्रेटर मेसिनबाट अक्सिजन दिएर पनि बालबालिका बचाउन सकिने स्वास्थ्य चौकी मदनकुमार आचार्यले बताउनु भएकाे छ । उहाँले कोभिड मात्र नभएर बालबालिका र दमका रोगीहरूका लागि पनि उपयोगी हुने बताउनु भएकाे छ । 

नेपाली कांग्रेसका वडा सभापति भरत थापाको विशेष सहजीकरणमा  अक्सिजन कन्सन्ट्रेटर मेसिन स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो। स्वास्थ्य चौकीमा एक कार्यक्रमका बीच डाक्टर टण्डनले वडा अध्यक्ष तथा स्वास्थय चौकी व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण आचार्य  र स्वास्थ्य चौकी प्रमुख मदनकुमार आचार्यलाई कन्सन्ट्रेटर मेसिन प्रदान गर्नु भएकाे हाे। 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया