राष्ट्रकवि घिमिरे फेरि बिरामी

 जेठ २०, २०७५ आइतबार १२:४२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि बिरामी पर्नु भएको छ । स्वास्थ्य समस्या देखिए पछि उहाँलाई काठमाण्डूको ग्राण्डि अस्पतालमा फेरि भर्ना गरिएको छ ।

उहाँलाई निमोनिया भएको अस्पतालले जनाएको छ । राष्ट्रकवि घिमिरेको परिवार फलोअपका लागि अस्पताल लगिएको जानकारी दिएको छ । अहिले उहाँको हाइ केयर युनिटमा उपचार भइरहेको छ । 

भारतको मेदान्त अस्पतालमा स्वास्थ्य उपचार पछि हिजो मात्रै  घिमिरे स्वदेश फर्किनु भएको थियो । भारत जानु अघि उहाँको ग्राण्डि अस्पतालमा नै उपचार भइरहेको थियो । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया