दाङमा बस दुर्घटना हुँदा २९ जना घाइते

 मंसिर ५, २०७८ आइतबार ८:०:३१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

सुर्खेतबाट काठमाण्डौ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका–३ नारायणपुरमा गएराति पौने २ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका २९ मध्ये चार जनाको अवस्था गम्भीर छ । दुर्घटनामा काठमाण्डौ बस्ने २७ वर्षका आयुषकुमार लामा, सुर्खेतको लेखबेसी नगरपालिका-६ की ३२ वर्षकी लक्ष्मी शर्मा, कालीकोट निलागुफा-९ बस्ने २१ वर्षका बमबहादुर शाही र मुगुका २८ वर्षका धर्मराज जैसी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

अन्य घाइतेको अवस्था भने सामान्य रहेको छ । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले पक्राउ गरेको लिएको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया