सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले नेपालको जलविद्युतमा लगानी गर्न बंगलादेशका उद्योगी, व्यवसायीहरुलाई आह्वान गर्नु भएको छ ।
मन्त्री पुनले बंगलादेशको राजधानी ढाकामा बिहिबारबाट सुरु भएको ‘इनर्जी एन्ड पावर वीक’ समारोहलाई सम्बोधन गर्दै नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न बंगलादेशका उद्योगी, व्यवसायीहरुलाई आह्वान गर्नु भएको हो । त्यस अवसरमा उहाँले बंगलादेशले चाहेमा नेपालको जलविद्युतमा कुनै पनि मोडलमा लगानी गर्न दिन नेपाल सरकार तयार रहेको पनि स्पष्ट पार्नुभयो ।
मन्त्री पुनले दुई मुलुकबीच विद्युत खरिदका लागि भारत हुँदै बंगलादेशसम्म विद्युत प्रसारण लाइन जडान गर्ने सहमति पनि गरिएको स्मरण गराउनुभयो ।
मन्त्री पुनले नेपाललाई समृद्ध बनाउन जल सम्पदाको भरपुर उपयोग गर्ने नीतिलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको पनि बताउनुभयो ।
उहाँले नेपालको विद्युत व्यापारको सम्भावनालाई हेरेर बिमस्टेक सदस्य राष्ट्रहरुबीच पनि विद्युत प्रसारण लाइन जडान गर्ने सहमति गरिएको पनि उल्लेख गर्नु भयो ।
बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले उद्घाटन गर्नुभएको सो मेलामा बंगलादेशका विभिन्न स्वतन्त्र उर्जा उत्पादकहरुको पनि प्रदर्शनी गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।