कांग्रेस नेताले भने : बीजेपीका सांसदको जिब्रो काटेर ल्याउनेलाई पाँच लाख दिन्छु

 भदौ २२, २०७५ शुक्रबार १५:२१:२ | एजेन्सी
unn.prixa.net

विवादित बयान दिने बीजेपी सांसद राम कदम एउटा कार्यक्रममा

भारतको महाराष्ट्र राज्यका एक पूर्वमन्त्रीले बिहीबार भारतीय जनता पार्टी(बीजेपी)का सांसदको जिब्रो काटेर ल्याउनेलाई पाँच लाख भारतीय रुपैयाँको घोषणा गरेका छन् ।

बीजेपीका विवादित सांसद राम कदमको जिब्रो काटेर ल्याउनेलाई कांग्रेस नेता तथा पूर्वमन्त्री सुबोध साओजीले पाँच लाखको पुरस्कार घोषणा गरेका हुन् ।

केही दिनदेखि बीजपी सांसद बालिका अपहरणको बारेमा दिएको अभिव्यक्तिका कारण विवादमा रहेका छन् । कदमले सोमबार मुम्बईमा भएको एउटा कार्यक्रममा युवाहरुलाई आफूले अपहरण नै गरेर भए पनि युवतीहरु पुर्याइदिने बयान दिएका थिए । 

त्यसै विषयका बारेमा प्रतिक्रिया दिँदै कांग्रेस नेता साओजीले भने, ‘सांसदको गरिमाविपरीत अभिव्यक्ति दिने उनको जिब्रो काटेर ल्याउने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार घोषणा गर्दछु ।’

अन्तिम अपडेट: कात्तिक १, २०७५

तपाईको प्रतिक्रिया