दाङमा हत्या अभियोगमा पक्राउ चार जनालाई जन्मकैद, पाँच जनालाई १२ वर्ष जेल

 मंसिर १८, २०७८ शनिबार १८:२:५४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङ-देउखुरी जिल्ला अदालतले दुई वर्ष अघि दाङको  तुलसीपुर उपमहानगरपालिका-१२ उरहरी निवासी रामबहादुर वलीको हत्या अभियोगमा पक्राउ परेका विवेकसिंह ठकुरी (बिक्की)सहित चार जनालाई जन्मकैदको फैसला सुनाएको छ । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले  विवेकसिंह ठकुरी, सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो ।

उनीहरुमाथि २०७६ साल असार २८ गते उरहरीमा खुकुरी प्रहार गरि वलीको हत्या गरेको अभियोग लागेको थियो । त्यही घटनामा संलग्न शुभम मल्ल, तेजेश पिएम, अमृत वली, सुन्दर बस्नेत र सरोज बुढामगरलाई साढे १२ वर्ष कैद सजाय सुनाइएको छ ।

बिक्कीले यस अघि पनि गोली प्रहार गरि एक व्यक्तिको हत्या गरेका थिए । उनले २०६९ मंसिर ३० गते दाङको मोतिपुरका जितबहादुर चौधरीमाथि गोली प्रहार गरि हत्या गरे पनि त्यतिबेला १५ वर्ष मात्रै उमेर भएकाले उनलाई अदालतले सुधारगृह पठाएको थियो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया