फापरले सजियो मनाङ (फोटो फिचर)

 भदौ २३, २०७५ शनिबार १४:५५:४८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ– मनाङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको हिमाली जिल्ला हो । प्रकृतिले सिँगार्नुसम्म सिँगारेको छ, यस जिल्लालाई । त्यसैले पनि धेरैको चाहना हुन्छ ।

जीवनमा एकैचोटी मात्र भए पनि ‘ड्रिम प्लेस’ मनाङ पुग्ने । अनि धोको फेरेर घुम्ने ।   यहाँको चिसो पवन । हिमाल । हिमताल लगायतका प्राकृतिक सौन्दर्यले लट्ठै पारिदिन्छ, यहाँसम्म आउने जोकोहीलाई ।

फापर फुल्दै, पर्यटक लोभिँदै

अहिले मनाङका बारीमा ढकमक्क फापर छन् । बारीमा फुल्दै गरेका फापर पनि अहिले पर्यटकको रोजाइमा पर्न थालेको छ । 
हिँड्दै गर्दा बाटो नजिकै रहेका बारीमा फुल्दै गरेको फापरको सुन्दर दृश्यमा उभिएर तस्बिर खिच्न लालयित बन्छन् पर्यटक । फुल्दै गरेको फापर । फापर बारीमा भुनभुनाएका मौरीको आवाजमा रम्छन् पयर्टक । 

फुल्दै गरेको बारीको फापरको दृश्य नियाल्नुका साथै उत्तिक्कै मात्रमा फापरको परिकार पनि यहाँसम्म आउने पर्यटकको रोजाइमा पर्ने स्थानीय सञ्चारकर्मी नेगम परियार बताउनुहुन्छ ।  

ढिँडो र रोटी रोजाईमा 

‘फापरको ढिँडो, रोटी पर्यटकले अत्यधिक रुचाउँछन्’, उहाँले भन्नुभयो ।

नेगमका अनुसार मनाङको ताल, तिल्चे, हुम्डे, दानाक्यु, माथिल्लो मनाङ, पिसाङ लगायतका ठाउँमा फापरको खेती हुन्छ । जानकारहरुका अनुसार केही सुक्खा जमिन र चिसो हावापानीमा यसको खेती फस्टाउँछ ।

पिसाङ र उपल्लो मनाङमा केही फराकिला जमिन छन् । यो बाटोमै पर्ने भएकाले पनि यहाँ लगाइएका फापरमा धेरै पर्यटकको नजर पर्छ ।   

पिठो पवित्र कार्यमा प्रयोग    

पर्यटकको रोजाईका साथै फापरको पिठो स्थानीयले पवित्र कार्यमा समेत उपयोग गर्दै आएको स्थानीय होटल व्यावसायी एमव् कृषक छिरिङ धोर्जे लामाले बताउनुभयो ।

‘फापरको ढिँडो, रोटी खाइनुका साथै यसको पिठो चिया, तातोपानी, घरेलु मदिरामा समेत मिसाएर खाने गरिन्छ । हाम्रो पूजाआजामा समेत यसको पिठो प्रयोग गरिन्छ,’ लामाले थप्नुभयो । 

साउन अन्तिम सातादेखि भदौ मसान्तसम्म गरी एक महिना यहाँका बारीमा फापर फुल्छन् । यो समयमा फापर खेतीले मनाङलाई झनै रमणीय बनाउँछ । पर्यटकको मनै लोभ्याउँछ । 

फापर, करु यहाँको मुख्य अन्नबाली हो । यहाँ आलु खेती, स्याउ खेती पनि हुँदै आएको छ । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया