प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
धादिङ - नुवाकोटको म्यागङ गाउँपालिका–१, मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको अल्टिच्युड एअरको हेलिकप्टरमा सवार ६ जनाकाे मृत्यु भएकाे र १ जना घाइतेकाे जीवितै उद्धार गरिएकाे छ ।
गोरखाको सामागाउँबाट काठमाडौं जाँदै गर्दा बेपत्ता भएको कल साइन ९ एन–ए–एल–एस को अल्टिच्युड एअरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको नुवाकोटका प्रहरी उपरीक्षक बसन्त कुँवरले बताउनुभयो ।
घटनास्थलमा ६ जनाको शव भेटिएको छ भने डोल्मा डिकीलाई अचेत अवस्थामा उद्धार गरिएको कुँवरले बताउनुभयो । भेटिएका शवकाे पहिचान भने हुन नसकेको उहाँको भनाइ छ । घटनास्थलमा भेटिएको शवलाइ काठमाडाैं लैजाने तयारी भइरहेको कुँवरले जानकारी दिनुभयो ।
हेलिकप्टरमा क्याप्टेन निश्चल केसीसहित जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका–२ ल्होकी गामी डोल्मा डिक्की, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार रहेको अल्टिच्युड एयरलाइन्सले जानकारी दिएको छ ।
गोरखाको सामागाउँबाट शनिबार बिहान ६ः५७ मा उडेको हेलिकोप्टर केही बेरमा सम्पर्कविहीन भएको थियो ।
काठमाडौंबाट पर्यटक लिएर शनिबार बिहान गोरखाको सामागाउँ पुगेको हेलिकप्टरले पर्यटक छाडेर त्यहाँबाट क्याप्टेनसहित ७ जना यात्रु लिएर काठमाडौंका लागि उडेको एयरलाइन्सले जानकारी दिएको छ ।
रेडियो धादिङमा काम गर्ने अर्जुन श्रेष्ठ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।