साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनल पुग्न नेपालले बंगलादेशलाई हराउनैपर्ने

 भदौ २३, २०७५ शनिबार १८:४४:९ | उज्यालो सहकर्मी

साफ च्याम्पियनशिप फुटबलको सेमिफाइलनमा पुग्न नेपालले केही बेरपछि हुने खेलमा बंगलादेशलाई हराउनैपर्ने भएको छ ।

समूहको अर्को खेलमा पाकिस्तानले भुटानलाई ३ शून्यले हराएपछि नेपालले बंगलादेशलाई जित्नैपर्ने भएको हो ।

बंगलादेश र पाकिस्तानको समान ६ अंक छ । आजको खेलमा बंगलादेशलाई हराएमा नेपाल सेमिफाइनलमा पुग्नेछ । नेपालले पौने ७ बजेपछि ढाकाको बंगबन्धु मैदानमा घरेलु टोली बंगलादेशसँग खेल्दैछ ।

तर बंगलादेशले भने नेपालसँग बराबरी मात्रै गरेपनि सेमिफाइनल पुग्नेछ । नेपाल र बंगलादेशले अहिलेसम्म २१ पटक खेलेकोमा बंगलादेश १२ र नेपालले ६ खेल जितेको छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया