झापा कपको अन्तिम क्वाटरफाइनलमा आज एनआरटी र चित्लाङ फुटबल क्ल...
पुस ४, २०८१ बिहिबार
दाङ – नेकपा माओवादी बिप्लव समूहका प्रवक्ता खडगवहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आइतबार दाङको जिल्ला अदालतमा उपस्थित गराइँदै छ । स्थानीय निर्वाचनका समयमा व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरी दाङ ल्याइएका प्रकाण्डलाई केहि बेरपछि दाङ जिल्ला अदालत घोराहीमा उपस्थित गराउन लागिएको दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो ।
१० बजे नै अदालतमा पेश गर्ने तयारीमा भए पनि सरकारी वकिलका कारण ढिला भइरहेको एसपी शर्माले जानकारी दिनुभयो । नयाँ व्यवस्था अनुसार सरकारी वकिलमार्फत अदालत पेश गर्ने व्यवस्था रहेको हुँदा आफूहरु सरकारी वकीललाई पर्खिरहको शर्माले बताउनुभयो ।
चुनावको बेलामा मंसिर १२ गते दाङ तुलसिपुरमा नेपाली कांग्रेसको सभालाई लक्षित गरि भएको बम बिस्फोटनमा एक जना म्यादी प्रहरीको ज्यान गएको थियो । उक्त घटनाका दोषी प्रकाण्ड भएको भन्दै उनी विरुद्ध मुद्धा दर्ता रहेको प्रहरिले जनाएको छ ।
भोजपुरबाट दाङ लगिएका प्रकाण्डलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरी नियन्त्रणमै रहेका प्रकाण्डले पत्रकारसँग संक्षिप्त कुरा गर्दै अदालतको फैसला नमानेर वर्तमान सरकार अराजक बन्दै गएको दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।