प्रधानमन्त्री कप महिला क्रिकेट : समूह 'बी' बाट सुदूरपश्चिम र एपीएफ सेमिफाइनलमा

 पुस ८, २०७८ बिहिबार १९:४६:१४ | सीताराम ओझा
unn.prixa.net

काठमाण्डाै – सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा आज बिहीवार भएकाे पहिलाे खेलमा प्रदेश नम्बर २ लाई ८७ रनले पराजित गर्दै सुदूरपश्चिम समूह 'बी' बाट अन्तिम चारमा प्रवेश गरेको हो ।  हारसँगै प्रदेश २ भने प्रतियाेगिताबाट बाहिरिएको छ ।

सुदूरपश्चिमले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश २ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ५६ रन मात्रै बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । सुदूरपश्चिमका लागि विन्दु रावलले नटआउट ५० रन बनाइन् । 

यसैबीच सशस्त्र प्रहरीको एपीएफ क्लब समूह 'बी' को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । आज गण्डकी प्रदेशलाई एक सय १७ रनले हराउँदै एपीएफ अपराजित रहँदै अन्तिम चारमा पुगेको हो ।

एपीएफले दिएको एक सय ५१ रनको लक्ष्य पछ्याएको गण्डकीले २० ओभरमा सात विकेट गुमाएर ३३ रन मात्रै बनाउन सक्यो । एपीएफकी करुणा भण्डारी र सुस्मिता श्रेष्ठले दुई/दुई विकेट लिए । 

प्रतियाेगितामा समूह 'ए' बाट प्रदेश १ र लुम्बिनी सेमिफाइनलमा पुगिसकेका छन् । आटठ टिम सहभागी प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया