प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधिको लागि प्रदेश एक र एपीएफ खेल्ने

 पुस १०, २०७८ शनिबार १७:१३:३२ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सशस्त्र प्रहरीको एपीएफ क्लब र प्रदेश नम्बर एक प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनलमा पुगेका छन् । यी दुई टिमबीचकाे खेल भाेलि हुनेछ । धनगढीको फाप्ला मैदानमा आज भएको खेलमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै एपीएफ उपाधि नजिकै पुगेको हो ।

एपीएफले दिएको एक सय ३० रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा पाँच विकेट गुमाएर ९१ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका लागि नेरी थापाले नटआउट ३८ रन बनाइन् । बलिङतर्फ एपीएफकी रेखा रावलले तीन विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको एपीएफले रमा थापाको नटआउट ४२ रन मद्दतमा एक सय २९ रन बनाएको थियो  । आजै सुदूरपश्चिम प्रदेशलाई हराएर प्रदेश एक फाइलनमा पुगिसकेको छ । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया