दाङ–सल्यान सडक खण्ड आजदेखि  दैनिक ८ घण्टा बन्द हुने

 पुस ११, २०७८ आइतबार १०:३३:२५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्ड आजदेखि आउँदाे २५ गतेसम्म  दैनिक ८ घण्टा बन्द हुने भएकाे छ । 

जीर्ण सडक निर्माण गर्न १५ दिनसम्म दैनिक ३ पटक गरी ८ घण्टा सडक खण्ड बन्द गरिने भएको हाे ।

राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर हुँदै सल्यानको प्रवेश मार्ग कपुरकोट क्षेत्रमा सडक जीर्ण भएको छ ।

यस सडक खण्ड अन्तर्गत चोरखोला–कपुरकोट क्षेत्रमा स्तोरउन्नतिको काम हुन लागेको जिल्ला प्रशासन कार्यालय सल्यानले जानकारी दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले सार्वजनिक सूचना निकालेर आजदेखि लागू हुनेगरी २५ गतेसम्म दैनिक ८ घण्टा सडक बन्द हुने जानकारी दिनु भयो।

बिहान ७ बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सडक बन्द हुने जानकारी दिइएको छ ।

यो अवधिमा अत्यावश्यक गाडीले वैकल्पिक रुट कपुरकोट–पैँयाखोरकाे डाइभर्सन रुट प्रयोग गर्न सक्ने खड्काले बताउनु भएकाे छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया