यूएस ओपन टेनिसको उपाधि नोवाक जोकोविचलाई

 भदौ २५, २०७५ सोमबार ७:५९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्वियाका स्टार टेनिस खेलाडी नोवाक जोकोविचले यूएस ओपन टेनिसको उपाधि जितेका छन् ।

सोमबार बिहान सकिएको फाइनलमा उनले अर्जेन्टिनाका जुआन मार्टिन डेल पोत्रोलाई पराजित गर्दै लगातार तेस्रो पटक यूएस ओपन टेनिसको उपाधि माथि कव्जा जमाएका हुन् । उनले ६–३, ७–६ तथा ६–३ ले सेट आफ्नो पक्षमा पारे ।

करियरको १४औं ग्राण्डस्लाम जितेका जोकोविचले पीट सेमप्रसासँगको बराबरी पनि गरेका छन् । सेमप्रास र जोकोविच सर्वाधिक ग्राण्डस्लाम जित्ने संयुक्त रुपमा तेस्रो खेलाडी बनेका हुन् ।

३१ वर्षीय जोकोविचले सिजनको शुरुआत भने राम्रो गर्न सकेका थिएनन् । जोकोविचले यसअघि सन् २०११ र २०१५ मा उपाधि जितेका थिए ।  

जोकोविचसँग पराजित भएका डेल पोत्रोले स्न २००९ मा यूएस ओपनको उपाधि जितेका थिए । पोत्रोमाथि १५ औं जित दर्ता गरेका जोकोविचको  ग्राण्डस्लामा भने पाँचौ जित हो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया