भारत र अफगानस्तानसँग एकदिवसीय क्रिकेट शृंखला खेल्न नेपाली युवा टोली भारत जाँदै

 भदौ २५, २०७५ सोमबार ९:१३:० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : विकेटनेपाल डटकम

भारत र अफगानिस्तानको युवा टोलीसँग एकदिवसीय क्रिकेट शृंखला खेल्न १९ वर्षमुनिको नेपाली क्रिकेट टोली आज लखनउ जाँदैछ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईको निमन्त्रणामा हुन लागेको शृंखलामा भारतका टोलीसहित अफगानस्तान र नेपालले खेल्नेछन् । 

मोहमद आसिफ शेखको कप्तानीमा रहेको नेपाली टोलीमा तृतराज दास, ऋत गौतम, पवन सर्राफ, किशोर महतो, रशिद खान, भीम सार्की कमलसिंह ऐरी र सन्दीप जोरा, रवी साह, विपिन बराल, लोकेश बम, सागर ढकाल, अरुण ऐरी र मोहम्मद सम्साद आलम छन् । 

खेलाडीसँगै प्रशिक्षक विनोद दास, सहायक प्रशिक्षक मनोज कटुवाल र टिम म्यानेजरका रुपमा शक्ति गौचन पनि लखनउ जानेछन् । नेपालले पहिलो खेलमा बुधबार भारतको १९ वर्षमुनिको बी टिमसँग खेल्नेछ भने विहीबार भारतको १९ वर्ष मुनिको ए टिमसँग र सेप्टेम्बर १६ तारिखमा अफगानस्तानको टिमसँग खेल्नेछ । 

शृंखलामा चारवटै टिमले एक अर्कासँग खेल्नेछन् । शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । युवा टोलीको क्षमता विकासको लागि भारतले बर्सेनि आयोजना गर्ने शृंखलाका लागि यसपटक नेपाली टोलीलाई अवसर दिएको हो । 


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया