पार्टीमा गुटबन्दी र भागबन्डाकाे अन्त्य गर्छाैँ : गगन थापा

 पुस १९, २०७८ सोमबार १८:८:५६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा गुटबन्दी र भागबन्डाकाे अन्त्य गर्ने बताउनुभएको छ । आज साेमवार नेपाली कांग्रेस पाणिनि गाउँपालिकाले अर्घाखाँचीकाे दुर्गाफाँटमा गरेकाे आमसभालाई सम्बाेधन गर्दै महामन्त्री थापाले गुटबन्दी र भागबन्डा अन्त्य गर्दै विधानसम्मत पार्टी चलाउने बताउनुभएकाे हाे ।  

उहाँले गरिबीमा रहेको जनसङ्ख्यालाई कसरी उकास्ने तथा बेराेजगारीलाई कसरी रोजगारी सृजना गर्ने भन्ने दिशामा कांग्रेस अगाडि बढ्ने बताउनुभयो । कतार तथा मलेसियामा गएका युवाहरूलाई देशमै रोजगारी सृजना गर्ने कांग्रेसको अबको रणनीति हुने उहाँकाे भनाइ छ । 

महामन्त्रीमा निर्वाचित भएपछि काठमाण्डौ उपत्यकाबाहिरको पहिलो आमसभालाई सम्बोधन गर्दै नेता थापाले पालिका चुनाव वैशाखमा हुने तथा प्रदेश र सङ्घको चुनाव मङ्सिरमै हुने भएकाले त्यसकाे तयारीमा लाग्न कार्यक्रताहरूलाई आग्रह गर्नुभयाे ।  

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुष्पा भुसासले केपी ओलीका कारण देश पछाडि धकेलिएको बताउनुभयो । उहाँले नागरिककाे बलीदानीबाट प्राप्त भएको संविधान र गणतन्त्रको रक्षाका लागि नेपाली कांग्रेस पार्टी जस्तोसुकै मूल्य चुकाउन पनि पछाडि नपर्ने बताउनुभयो । उहाँले अर्घाखाँचीको विकासमा नेपाली कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया