सोमबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर यस्तो छ

 भदौ २५, २०७५ सोमबार १०:४४:४२ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रिदर ३० रुपैयाँ ६८ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४४ र बिक्रिदर ३१ रुपैयाँ ६१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६२ पैसा र बिक्रिदर २७ रुपैयाँ ७६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १४ र बिक्रिदर १० रुपैयाँ २० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७७ रुपैयाँ ९३ पैसा छ भने बिक्रिदर ३ सय ७९ रुपैयाँ ९१ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ०३ रुपैयाँ ६१ पैसा र बिक्रिदर ३ सय ०५ रुपैयाँ २० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया