छक्का पञ्जा ३ को ‘पछि उमेर ढल्किन्छ’ सार्वजनिक (भिडियाेसहित)

 भदौ २५, २०७५ सोमबार १२:१:२८ | उज्यालो सहकर्मी

काठमाडाैं – चलचित्र छक्का पञ्जा ३ को अर्को गीत ‘ पछि उमेर ढल्किन्छ’ सार्वजनिक भएको छ ।  सोमबार बिहान ११ बजे युट्यूब च्यानल हाईलाईट्स नेपालबाट गीत सार्वजनिक गरिएको हो । 

सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकारहरु दीपक राज गिरी, दिपीका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङलाई फिचर गरिएको छ । दीपकराज गिरी र अर्जुन पोखरेलको शब्द रचना रहेको यस गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । 

गीतमा निशान भट्टराई र एन्जिला रेग्मीको आवाज रहेको छ  भने गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । 

दीपाश्री निरौलाको निर्देशन रहेको छक्का पञ्जा ३ मा समावेश एउटा गीत पहिलो नम्बरमा यस अघि नै सार्वजनिक गरिएको छ  जसलाई ३७ दिनमै एक करोड भन्दा धेरै भ्यूज मिलिसकेको छ । 

पहिलो नम्बरको लोकप्रियता पछि सार्वजनिक भएको दोस्रो गीतलाई पनि दर्शकको माया मिल्नेमा निर्माण पक्ष आशावादी छ । छक्का पञ्जा ३ दशैँको अवसर पारेर प्रदर्शनमा आउँदैछ । 


 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया