‘सोलार लिफ्टिङ्ग’ प्रणालीबाट विकट बस्तीमा पुग्याे खानेपानी र सिँचाइ

 पुस २३, २०७८ शुक्रबार ११:५३:२७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङ देउखुरीको राप्ती गाउँपालिकाको विकट बस्तीमा पानी पुग्न थालेको छ । गाउँपालिकाको वडा नम्बर १ मा पर्ने खर्क, माछिताल लगायतका क्षेत्रमा साेलार अपलिफ्ट प्रणालीबाट सिँचाइ र पिउनका लागि पानी पुर्‍याउन थालिएको राप्ती गाउँपालिकाले जनाएको छ । घर नजिकै पानी पुगेपछि राप्ती गाउँपालिकाको पहाडी भेगका बासिन्दा खुशी भएका छन् ।

राप्ती गाउँपालिकाको विकट बस्तीमा सोलार लिफ्टिङ्ग प्रणालीबाट खानेपानी र सिँचाइ सुविधा पुर्‍याइएको छ । गाउँपालिकाको वडा नम्बर १ को माछिताल र खर्कमा सोलार जडान गरि अपलिफ्टबाट पानी पुर्‍याइए पछि स्थानीयहरु खुशी भएका छन् ।

स्थानीय वगासोती खोला नजिकको मूललाई व्यवस्थित गरि २ ठाउँमा रिजर्भ ट्याङ्की निर्माण गरेर खानेपानी योजना सञ्चालन गरिएको हो । सिँचाइका लागि भने राप्ती नदीबाट पानी अपलिफ्ट गरिएको छ । अटोमेटिक सोलार सिस्टमबाट सञ्चालन हुने प्रविधि मार्फत पानी वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

राप्ती गाउँपालिकाको विकट क्षेत्रमा रहेका दुवै गाउँमा पानीका श्रोत नभएपछि खानेपानीका लागि स्थानीयहरु घण्टौ हिँड्नुपर्ने बाध्यता रहेकाले एक गैर सरकारी संस्थासँगको समन्वयमा खानेपानी र सिँचाइका योजना सञ्चालन गरिएको वडा नम्बर १ का अध्यक्ष ताराबहादुर डिसी बताउनुहुन्छ । माछिताल सुख्खा क्षेत्र भएकोले सोलार सिँचाइले गर्दा गहुँ, मकै तरकारी उत्पादन तथा सरसफाईमा समेत सहजता भएको स्थानीयहरुको भनाइ छ ।

राप्ती गाउँपालिकाको १५ लाख, नमसालिङ सामुदायिक विकास केन्द्रको १० लाख र स्थानीयवासीको ३ लाख गरि २८ लाख रुपियाँको लागतमा  माछिताल गाउँमा सिचाईका लागी पानी पुर्‍याइएको गाउँपालिकाले जनाएको छ । यस्तै खर्क गाउँमा गाउँपालिकाको ९ लाख र नामसालिङको ६ लाख गरि १५ लाख रुपैयाँमा खानेपानी पुर्‍याइएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया