कोरोना सङ्क्रमण बढेपछि तुलसीपुरका विद्यालय माघ ३ गतेसम्मलाई बन्द

 पुस २३, २०७८ शुक्रबार १४:४८:२० | हेमराज शर्मा
unn.prixa.net

दाङ – शिक्षक र विद्यार्थीमा कोरोनाको सङ्क्रमण तीव्र गतिमा बढेपछि दाङको तुलसीपुरका विद्यालय बन्द गरिएको छ । तुलसीपुर उपमहानगरपालिकामा आज शुक्रवार बसेको आकस्मिक बैठकले यही पुस २५ गते आइतवारदेखि माघ ३ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । 

कोरोनाको सङ्क्रमण बढेपछि यसअघि नै मावि अश्वारा, गुरु जजुर मावि रक्षाचौर र मावि सेन्टर स्कुल तुलसीपुर बन्द भइसकेका छन् । गएको मङ्गलवार र विहीवार गरिएको परीक्षणमा तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालय गरी पाँच वटा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएकाे थियाे । 

शिक्षा समितिका संयोजक कुमार लामिछानेको अध्यक्षतामा बसेको बैठकमा वतावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने, शिक्षा समितिका सदस्य श्याम डाँगी, जनस्वास्थ्य प्रर्वद्धन शाखा प्रमुख ओमपी न्यौपानेकाे सहभागिता थियाे । यस्तै विपद् व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगी, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिको सहभागिता रहेको थियो ।

तुलसीपुर क्षेत्रमा सामुदायिक ८३ र निजी विद्यालय ६८ वटा छन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया