‘टुर्बोग ओपन’ को भिडियो सार्वजनिक : नेपाली कलाकार ‘लाउरे’ र ‘बिपुल’ को डिप्लो र मोसँग सहकार्य

 भदौ २५, २०७५ सोमबार १४:२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली र्‍यापर लाउरे र गायक बिपुल क्षेत्रीको विश्वव्यापी कलाकार ‘डिप्लो’ र ‘मो’ सँगको सयकार्यमा तयार भएको टुबोर्ग ओपन म्युजिक भिडियो सार्वजनिक भएको छ । 

‘डिप्लो’ अमेरिकी निर्माता तथा डिजे हुन् भने ‘मो’ डेनमार्कका लोकप्रिय कलाकार हुन् । उनीहरु दुवै जनासँग टुबोर्गले नेपाली कलाकारहरुको भेट गराएर म्युजिक भिडियो निर्माण गरेको हो ।   

‘स्टे ओपन’ नाम दिइएको म्युजिक भिडियोमा नेपाली संस्करणको लागि लाउरे र बिपुलले ‘ओपन टु मोर’ हुनुको औचित्यलाई वर्णन गर्दै गीतको शब्दहरु पुर्नःलेखन गरेका छन् ।

केही महिनासम्म एकै स्टुडियोमा रहेर एक अर्काको विचार र धारणाहरु साटासाट गरेपछि, टुबोर्ग ओपन म्युजिक भिडियो आएको हो ।  

र्‍यापर लाहुरे र बिपुललाई विश्वव्यापी कलाकारहरु ‘डिप्लो’ र ‘मो’ सँग सहकार्य गराई कोल्याबोरेटिभ गीत र भिडियो निकाल्न टुबोर्गले सहयोग गरेको हो ।

यसले नयाँ अनुभवहरुको लागि खुला रहनुपर्छ भन्ने प्रष्ट पारेको छ ।  

 

 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया