टोल विकास समितिलाई दिए वडाध्यक्षले आफ्नो पारिश्रमिक

 भदौ २५, २०७५ सोमबार १४:२९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पा चिउरीडाँडाका वडाध्यक्ष लिलाकुमार चौहानले आफूले पाएको पारिश्रमिक टोल विकास समितिलाई प्रदान गर्नुभएको छ । 

वडाध्यक्ष चौहानले पारिश्रमिकस्वरुप राज्यबाट प्राप्त भएको १ लाख ६८ हजार रकममध्ये १ लाख ३० हजार रकम टोल विकास समितिलाई प्रदान गर्नुभएको हो । 

अन्नपूर्ण मावि बुवालुङमा आयोजना गरिएको कार्यक्रममा चौहानले आफ्नो पारिश्रमिकबापत प्राप्त भएको रकम १३ वटा टोल विकास समितिलाई १०-१० हजारका दरले प्रदान गर्नुभएको छ । चौहानले आफ्नो पारिश्रमिकबाटै १० हजार छुट्याएर बालविकास केन्द्रका छात्र निरकुमार खत्रीको अभिभावकत्व ग्रहण गर्नु भएको बताउनुभयो । 

वडाध्यक्ष चौहानले आफ्नो कार्यकालभित्र राज्यबाट पाउने सम्पूर्ण पारिश्रमिक सामाजिक कामकै लागि खर्च गर्ने बताउनुभयो । चौहानले टोल विकास समिति र अभिभावकत्व ग्रहण गरेपछि बाँकी रहेको २८ हजारमा व्यक्तिगत ८३ हजार १११ रुपैयाँ थप गरेर स्वर्गीय बुबा नैनसिं चौहानको स्मृतिमा अक्षयकोष स्थापनाका लागि १ लाख ११ हजार १११ रुपैयाँ अन्नपूर्ण माविलाई हस्तान्तरण गर्नुभएको छ । 
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया