भत्किएकै पुलबाट आउजाउ

 पुस २५, २०७८ आइतबार १६:२०:४६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिका ३ मा रहेकाे क्याङ्सी खोलाको झोलुङ्गे पुल भत्किएर जीर्ण बनेको एक वर्ष सात महिना भयो । सर्वसाधारण त्यही पुलबाटै जोखिम मोलेर आउजाउ गर्ने गरेका छन् । तर सरोकारवाला निकायले पुल मर्मत गर्न वास्ता नगरेकाे स्थानीयवासीको गुनासो छ । 

गएकाे वर्षको जेठ महिनामा सिमा–झुम्लाबाङ–क्याङ्सी कृषि सडक खण्ड मर्मत गर्ने क्रममा माथिबाट आएको ठूलो ढुङ्गाले झोलुङ्गे पुल भत्काएको थियो । झोलुङ्गे पुल भत्किएको लामो समय बितिसक्दा पनि मर्मत हुन नसकेको हो । पुलको एकापट्टिको मुख्य तार र जाली छैन, बीच–बीचकाे भाग चुँडिएको छ । तर पनि बाध्य भएर स्थानीयवासी र माध्यमिक विद्यालय सिमा पढ्न जाने विद्यार्थीले जोखिम मोलेर वारपार गरिरहेका छन् । 

पुलमा हिँड्ने क्रममा एक पट्टीको जाली नहुँदा खसिने हो कि भने डरडरमै वारपार गर्नुपर्ने अवस्था रहेको स्थानीयवासीले बताएका छन् । पुल मर्मतका लागि पटक–पटक माग गर्दा पनि पालिका र सडक मर्मत गर्ने क्रममा क्षति पुर्‍याउने ठेकेदार बेखबर रहेको उनीहरूकाे गुनासाे छ ।

ब्रिटिसको कादुरी संस्थाले झोलुङ्गे पुल निर्माण गरेको थियो । भूमे गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष दिलमान रोका मगरले आफूले वडाको तर्फबाट पुलमा क्षति पुर्‍याउने ठेकेदारका साथै गाउँपालिका, जिल्ला समन्वय समिति र सडक पूर्वाधार कार्यालयमा पुल मर्मतका लागि निवेदन दिएको बताउनुभयो । तर उहाँको माग अहिलेसम्म कहीँ कतैबाट सुनुवाइ भएको छैन । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया