दाङ : तुलसीपुर चक्रपथ  निर्माण कार्य अलपत्र

 पुस २८, २०७८ बुधबार ११:१२:९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – तुलसीपुर उपमहानगरमा वडालाई जोड्ने गरि निर्माण हुने भनिएको चक्रपथको काम अलपत्र परेको छ । 

एक दशक अगाडि नै रेखांकन भएको तुलसीपुरको चक्रपथ निर्माणको काम डेढ किलोमिटर कालोपत्रेमै सीमित भएको छ । साविकमा तुलसीपुर नगरपालिका हुँदा चक्रपथ निर्माणको लागि रेखांकन तथा व्यवस्थापन समिति गठन भएको थियो । 

तर, पछिल्लो समयमा चक्रपथको काम प्राथमिकतामा परेको छैन । तुलसीपुर नगरपालिका उपमहानगरपालिका भएपछि अरु केही गाविस गाभिएका कारण काम रोकिएको थियो । जनप्रतिनिधिले चक्रपथ निर्माणको काम सुरु गरे पनि पछिल्लो समय कामले गति लिन नसकेको हो । 

तुलसीपुर–७ राजापुरदेखि आँखा अस्पताल रक्षाचौर हुँदै तुलसीपुरको वडा नम्बर–३ डाँडाखुटी हुँदै टिकरी र तुलसीपुर–१२ को टरिगाउँ हुँदै फेरि राजापुर जोडिने चक्रपथको नक्सांकन गरिएको थियो । 

तत्कालीन अवस्थामा काठमाण्डौको एक कन्सल्टेन्सी आरडीसीले सम्भाव्यता अध्ययन पूरा गरेको चक्रपथले साविक नगरपालिकाको सबै क्षेत्रलाई छुने गरी झण्डै ३७ किलोमिटर लामो चक्रपथ निर्माण हुने भनिएको थियो । तर अहिले २९ किलोमिटर लामो र ३० मिटर चौडाइमा चक्रपथ निर्माण गर्ने गरी काम अगाडि बढेको तुलसीपुर पूर्वाधार विकास प्राधिकरणका प्रमुख इन्जिनियर पवन योगीले बताउनुभयो । 

उहाँका अनुसार चक्रपथ निर्माण हुने ठाउँमा पहिले केही कच्ची बाटो निर्माण भएका र पछि सबै वडाहरुमा ट्रयाक खोलिए पनि चक्रपथ निमार्णका लागि अन्य कामहरु अघि बढ्न सकेको छैन । 

तुलसीपुरमा चक्रपथ निर्माण भए सबै वडामा सडक र समान विकास पुग्ने भएपनि पछिल्लो समयमा उपमहानगरपालिका हुँदा तुलसीपुरमा बाहिरी र भित्री चक्रपथ निर्माणको बहस पनि उठेको थियो ।
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया