दाङमा आज रातिदेखि 'स्मार्ट लकडाउन'

 पुस २९, २०७८ बिहिबार १९:१५:३५ | हेमराज शर्मा
unn.prixa.net

दाङकाे तुलसीपुर

दाङ – कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाे भन्दै दाङमा 'स्मार्ट लकडाउन' गर्ने निर्णय भएको छ । आज बिहीवार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (डीसीसीएमसी) को बैठकले आज राति १२ बजेदेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको हो । याे निर्णय अर्काे सूचना नभएसम्मका लागि लागू हुनेछ ।

दाङमा स्मार्ट लकडाउन अन्तर्गत होटल, रेस्टुरेन्ट, पार्टी–प्यालेसहरू बेलुकी ७ बजे सम्म मात्र खाल्न दिने निर्णय भएको छ । साथै सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरैको जमघट गर्न प्रतिबन्ध लगाएको छ । साथै माघको अवसरमा कुनै पनि मेला, महाेत्सव सञ्चालन नगर्ने निर्णय भएको छ । 

यस्तै दाङमा आउँदो माघ ७ गतेदेखि खोप कार्ड भए मात्रै सार्वजनिक ठाउँमा प्रवेश गर्न पाइने भएको छ । कोरोनाको जोखिमलाई मध्यनजर गदै सार्वजनिक ठाउँहरू– कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई मार्ग लगायतका क्षेत्रमा प्रवेश गर्दा खोप कार्ड लागू गर्ने निर्णय भएको हाे । 

साथै दाङका पालिकामा बढ्ने कोरोना सङ्क्रमण दरका आधारमा जिल्ला प्रशासन कार्यलयबाट स्वीकृति लिइ पालिकाले थप कडा लकडाउन गर्न सक्ने निर्णय पनि भएको प्रजिअ रेग्मीले जानकारी दिनुभएको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया