हिरासतमा रहेका लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई कडा कारब...
पुस ४, २०८१ बिहिबार
काठमाडौं – सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सोमबार पदभार ग्रहण गर्नु भएको छ ।
राष्ट्रपति विद्या भण्डारीले शीतल निवासमा सपथग्रहण गराएलगत्तै नवनियुक्त प्रधानन्यायाधीश मिश्रले साँझ सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्नु भएको हो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेलगत्तै उहाँलाई राष्ट्रपति विद्या भण्डारीले आजै प्रधानन्यायाधीशमा नियुक्त गर्नु भएको थियो । पदभार ग्रहण गरेलगत्तै उहाँले सञ्चारकर्मीमाझ न्यायालयमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । नवनियुक्त प्रधानन्यायाधीश मिश्रले न्याय सेवालाई प्रभावकारी बनाउन उपयुक्त विधि स्थापित गराउन पनि आफूले पहल गर्ने बताउनुभयो ।
नवनियुक्त प्रधानन्यायाधीश मिश्रले संहिताहरुको कार्यान्वयनको कामलाई प्रभावकारी बनाउने पनि बताउनुभयो । उहाँले न्याय सेवालाई प्रभावकारी बनाउन न्यायाधीशहरुको दक्षता वृद्धिको कामलाई पनि अघि बढाउने योजना सार्वजनिक गर्नुभयो ।
२०७१ साल जेष्ठ १३ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनु भएका मिश्रलाई अप्रत्याशित रुपमा प्रधानन्यायाधीश बन्ने अवसर प्राप्त भएको हो । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई संसदीय समितिले अस्वीकृत गरेपछि दोस्रो वरीयतामा रहनु भएका उहाँलाई प्रधानन्यायाधीश बन्ने अवसर प्राप्त भएको हो ।
मिश्रले उमेर हदका कारण आउँदो पुस १७ गतेसम्म प्रधानन्यायाधीश बन्न पाउनुहुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।