यू–१९ महिला एशिया कप 'सुपर–फाेर' : श्रीलङ्कासँगकाे खेलमा ने...
पुस ४, २०८१ बिहिबार
काठमाडौं - सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त हुनुभएको छ। संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेलगत्तै उहाँ प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको हो । राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएपछि उहाँले सोमबार साँझ सर्वोच्चमा गएर पदभार ग्रहण गर्नुभयो ।
सर्वोच्चमा उहाँलाई संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीले स्वागत गर्नुभयो । संसदीय समितिले प्रधानन्यायाधीशमा अस्वीकार गरेपछि जोशी बिदामा बस्दै आउनुभएको थियो । तर मिश्र प्रधानन्यायाधीश नियुक्त भए लगत्तै उहाँ सोमबार सर्वोच्च जानुभएको हो ।
जोशीले उहाँलाई फूलमाला लगाएर प्रधानन्यायाधीशका रुपमा स्वागत गर्नुभयो । जोशीको नाम स्वीकृत भएको भए मिश्र प्रधानन्यायाधीश बन्न पाउनु हुने थिएन । सर्वोच्चको न्यायाधीशकै रुपमा अवकास पाउनुहुन्थ्यो । तर, शैक्षिण प्रमाणपत्र लगायतका विवादका कारण जोशी अस्वीकृत भएपछि मिश्रले चार महिना सर्वोच्चको नेतृत्व गर्ने अवसर पाउनुभएको हो ।
पदबहालीका क्रममा नवनियुक्त प्रधानन्यायाधीश मिश्रले आफूले कम समयमा न्यायालयमाथि जनविश्वास बढाउने, सूचनामैत्री न्यायालय बनाउने, सम्पत्ति विवरण नबुझाउने न्यायाधीशलाई कारबाहीको दायरामा ल्याउनेलगायतका प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रुपन्देही जिल्ला रायपुरमा २०१० पुस २८ गते जन्मनुभएका ओमप्रकाश मिश्रले २०३८ जेठ ३० गते तत्कालीन कानून तथा न्याय मन्त्रालयबाट शाखा अधिकृतबाट सेवा शुरु गर्नुभएको हो । गएको साउन २० गतेदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा काम शुरु गर्नुभएका मिश्रले सोमबारदेखि २८औँ प्रधानन्यायाधीशका रुपमा न्यायालयको सर्वोच्च स्थानमा रहेर कार्यसम्पादन गर्ने अवसर पाउनुभएको छ ।
तस्बिर : रासस
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।