जाजरकाेटमा डाेजरले माेटरसाइकललाई ठक्कर दिँदा वडाध्यक्षसहित दुई जना घाइते

 माघ ११, २०७८ मंगलबार २०:१३:११ | राजु लामिछाने
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रुकुम पश्चिम – जाजरकोटको नलगाड नगरपालिकामा आज मङ्गलवार डाेजरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । 

डाेजरले माेटरसाइकललाई ठक्कर दिँदा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ६ का वडाध्यक्ष डिलबहादुर सार्की र त्यही वडाका जसन्तु खत्री घाइते हुनुभएको हो । 

आठबीसकोट नगरपालिकाबाट काम सकेर फर्कने क्रममा जाजरकोटको नलगाड नगरपालिकाको रग्दामा डाेजरले उहाँहरू सवार मोटरसाइकललाई ठक्कर दिएको नेकपा माओवादी केन्द्र आठबीसकोटका नगर अध्यक्ष रवि केसीले जानकारी दिनुभयो । 

घाइतेमध्ये वडाध्यक्ष सार्कीको अवस्था गम्भीर भएपछि उपचारका लागि नेपालगञ्ज पठाईएको र खत्रीको अवस्था सामान्य रहेको नगर अध्यक्ष केसीले बताउनुभयो । 

वडाध्यक्ष सार्की नेकपा माओवादी केन्द्र आठबीसकोट नगर कमिटिका उपाध्यक्षसमेत हुनुहुन्छ भने खत्री त्यही पार्टीको वडा नम्बर ६ का अध्यक्ष हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया