राष्ट्रिय सभाको चुनावमा जाँदै गरेको गाडी दुर्घटना : सांसद सहित दुई जना घाइते

 माघ १२, २०७८ बुधबार १०:५५:३३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – महेन्द्र राजमार्ग अन्तर्गत धानखोला र भालुबांगको बीचमा लुम्बिनी प्रदेश सांसद चढेको सुद्धोदन गाउँ पालिकाको गाडी दुर्घटना भएको छ । प्रदेश सांसद तुल्सी  चौधरी  सहित २ जना घाइते भएका छन् । 

राष्ट्रिय सभाको चुनावमा दाङ् जाँदै गरेको गाडीलाई विपरीत दिशाबाट  आउँदै गरेको ट्रकले ठक्कर दिएको हो ।  घाइते दुबै जनालाई उपचारको लागि भालुबांग अस्पताल पठाइएको छ । गाउँपालिकाका अध्यक्ष किशुचन्द चौधरी, उपाध्यक्ष शान्तादेवी ज्ञवाली लगायत चढेकाे गाडी दुर्घटना भएको होे । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया