गाउँपालिका केन्द्र जाने बाटोको पुल जीर्ण हुँदा आवत–जावतमा समस्या

 भदौ २७, २०७५ बुधबार १०:४३:५६ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – जिल्लाकोे सुर्नया गाउँपालिकाको केन्द्र जाने बाटोमा रहेको डोडेश्वर पुल जीर्ण हुँदा स्थानीयबासी र गाउँपालिकामा सेवा लिन जाने सेवाग्राहीलाई समस्या भएको छ । वर्षौँ पहिला निर्माण भएको पुलका फल्याकहरु कुहिएर झरीसकेका र बीचका फल्याक मात्रै रहेकाले आवतजावत गर्न अप्ठ्यारो भएको सुर्नया–२ का मोहनबहादुर बिष्टले बताउनुभयो । 

सतबाँझ श्रीभावर सडक वर्षाले अवरुद्ध भएपछि पैदल हिँड्ने बाटोमा पर्ने डोेडेश्वर पुल जीर्ण हुँदा समस्या भएको उहाँले बताउनुभयो । गाँउपालिकाको वडा नं १, २ र ३ का स्थानीयहरुले गाउँपालिकाको केन्द्र पुग्न यही पुलको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

वर्षाको समयमा खोला बढेकाले तर्न नसकिने र पुल पनि जीर्ण भएकाले आवतजावत गर्न समस्या भएको सुर्नया ४ का प्रकाश भाटले बताउनुभयो । डोडेश्वर खोलामा पुल नहुँदा विद्यार्थीलाईसमेत आवतजावत गर्न समस्या भएको रौलेश्वर माविका शिक्षक दिपेन्द्र बिष्टले जानकारी दिनुभयो । 

बंसल्ला,पालीगाडा लगायतका गाउँबाट रौलेश्वर माविमा जाने विद्यार्थीहरुलाई पुल जीर्ण हुँदा समस्या  भएको विद्यार्थीहरुले बताएका छन् ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया