रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले पाका किसानलाई मासिक रुपमा पेन्सन दिने

 माघ २५, २०७८ मंगलबार ११:३९:५ | राजु लामिछाने
unn.prixa.net

रुकुम - रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले पाका किसानलाई मासिक रुपमा पेन्सन दिने भएको छ ।

गाउँपालिकाको गाउँ सभा तथा गाउँ कार्यपालिकाको निर्णय अनुसार पाका किसानलाई प्रति महिना ५ सय रुपैयाँ पेन्सन दिने निर्णय अनुसार कार्यक्रम कार्यान्वय हुन लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कार्यविधि बनाएर पेन्सन कार्यक्रमकाे सुरुवात गर्न लागेको हो ।

चालु आर्थिक वर्ष ०७८/०७९ को साउन १ गतेदेखि लागू हुनेगरी किसानलाई हरेक महिना पेन्सन दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीले बताउनुभयो। गाउँपालिकाले ५५ वर्ष पूरा भइ ६० वर्ष नपुगेका दलित किसानलाई पेन्सन दिने जनाएको छ ।

गैर दलितको हकमा ६० वर्ष पूरा भइ ७० वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ। गाउँपालिकाका अध्यक्ष केसीले एक घरबाट एक जनाले मात्र पेन्सन पाउने व्यवस्था गरेको बताउनुभयो । पेन्सनका लागि कुनै पनि खालको सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेको हुनुपर्ने समेत अध्यक्ष केसीले जानकारी गराउनुभयो।

पेन्सन प्राप्त गर्नका लागि सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित सम्पर्क गर्न वडा नम्बर ३ का वडाअध्यक्ष चन्द्रबहादुर केसीले अनुरोध गर्नुभएको छ । पेन्सनका लागि नागरिकताको फोटोकपी, बैंक खाता र चेकको फोटोकपी बुझाउनु पर्ने वडाध्यक्ष केसीको जानकारी गराउनुभयो। 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया