सन्धिखर्कमा किसानलाई घाँस काट्ने र भकाराे फाल्ने मेशिन अनुदानमा वितरण

 माघ २५, २०७८ मंगलबार १८:३४:३८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यावसायिक पशुपालक किसानलाई घाँस काट्ने च्याप कटर मेशिन र भकारो फाल्ने प्रेसर वासर मेशिन अनुदानमा वितरण गरेको छ ।  

किसानलाई सहज होस् भन्ने उद्देश्यले नगरपालिकाभित्रका १२ वडाका १२ किसानलाई च्यापकटर र प्रेसर वासर ७५ प्रतिशत अनुदानमा वितरण गरिएको मेयर कमलप्रसाद भुसालले बताउनुभयो । दूध तथा मासु उत्पादन बढाउने उद्देश्यले च्यापकटर र प्रेसर वासर मेशिन वितरण गरिएको उहाँले बताउनुभयो । 

किसानहरूको मागका आधारमा स्थलगत अनुगमन गरी व्यावसायिक पशुपालकहरूलाई सामाग्री वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो । 

कृषि पेसालाई प्रविधिमैत्री बनाउँदा किसानहरूले कम समयमा बढी उत्पादन गरेर आर्थिक समृद्धि हासिल गर्ने भएकाले कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उपमेयर ठाकुर कुमार विकले बताउनुभयो । 

७५ प्रतिशत अनुदानमा घाँस काट्ने र प्रेसर वासर पाएपछि किसानहरू खुसी भएका छन् । व्यावसायिक पशुपालन गरिरहेकाहरूलाई अनुदानमा विभिन्न सामग्री दिएकोमा आफूहरूलाई सहयोग र हौसला प्राप्त भएको सन्धिखर्क ८ किमडाँडाका किसान नेत्र पराजुलीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया