फेरि पुस्तक लेख्छु, यसपटक भने सबै झुटैझुट लेख्छु : नवाजुद्धीन सिद्धीकी

 भदौ २७, २०७५ बुधबार १७:५७:३६ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता नवाजुद्धीन सिद्धीकीले गएको वर्ष आफ्नो आत्मकथा ‘एन अर्डिनरी लाइफ’ बजारमा ल्याएका थिए । उनको आत्मकथाले छोटो समयमै निकै चर्चा कमाएको पनि थियो ।  तर कैयौँ विवादका बीच उनले पुस्तक नै फिर्ता गर्ने निर्णय गरे ।

आफ्नो आत्मकथा फिर्ता लिनुपर्दा दुःख व्यक्त गर्दै नवाज भन्छन्, ‘म फेरि पुस्तक लेख्छु । यस पटक भने सबै झुटैझुट लेख्छु । सबैले खुब पढ्नेछन्  । किनकी  म ‘फेमस’ छु । मानिसहरु वाह–वाह गर्दै फेसम व्यक्तिकै किताब त पढ्छन् ।’

नवाजुद्धीन आउँदै गरेको फिल्म ‘मन्टो’ कारण पछिल्लो समय चर्चामा रहेका छन् । बीबीसीसँग कुरा गर्दै नवाजुद्धीनले आत्मकथा फिर्ता गर्ने निर्णयले आफू दुखी भएको बताएका छन् । 

आफ्नो प्रशंसा गरेका थिएनन्

नवाजुद्धीन भन्छन्, ‘मेरो पुस्तक २०९ पेजको थियो । मात्रै ४–५ पेजमा मेरो सम्बन्धको बारेमा थियो । मैले पुस्तकमा नाम उल्लेख गरेँ, यो मैले गल्ती गरेँ । मैले यसो गर्नु हुन्थेन । मैले गल्ती स्वीकार पनि गरेँ र नाम पनि फिर्ता लिएँ । त्योबाहेक २०४ पेजमा त म सानो गाउँबाट कसरी आएँ, कसरी मैले आफ्नो सोचमा परिवर्तन गरेँ भन्ने कुरा नै त लेखेको थिए । मैले आफ्नो महिमा त गाएको थिइनँ ।’

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया