हतियारसहित दुई जना पक्राउ

 माघ २९, २०७८ शनिबार १७:३२:२६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची –  अर्घाखाँची र कपिलवस्तुको सिमाना कोठीखोलाबाट हतियार सहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–२ को मनकामना सामुदायिक वनको कोठीखोलाबाट २ थान भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताउनुभयाे ।

गस्तीमा गएकाे पिपराकाे प्रहरी टोलीले २ थान भरुवा बन्दुक सहित शितगंगा नगरपालिका–१४ का ५० वर्षीय वीरबहादुर सोमै र त्यसै ठाउँका २८ वर्षीय खेमु मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । उनीहरूको बारेमा अनुसन्धान भैरहेको प्रहरी निरीक्षक गुरुङले बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया