एनसेलद्वारा ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत नगद पुरस्कार वितरण

 भदौ २९, २०७५ शुक्रबार ६:८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत पहिलो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । 

‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा संचालनमा रहने अफर हो । पहिलो हप्ताका विजेताहरु मंगलबार  एपी वान टेलिभिजनमा प्रत्यक्ष प्रशारण मार्फत छानिएका हुन् । १० भाग्यशाली विजेता ग्राहकहरुमध्ये दुई जनाले बिहीबार जनही नगद रु एक लाख पुरस्कार पाएका छन् ।

तीन अन्य विजेताहरुले आफ्नो पुरस्कार अर्को हप्ता लिने जनाएकाले कम्पनीले त्यसैअनुरुप उनीहरुलाई दोस्रो हप्ताका विजयी ग्राहकहरुसँगै पुरस्कार हस्तान्तरण गर्नेछ । पहिलो हप्ताका थप पाँच विजेताहरुको पहिचान तथा प्रमाणित गर्ने काम भई रहेको छ र प्रक्रिया समापन लगतै नगद पुरस्कार प्रदान गरिनेछ ।  

एनसेलका सेक्युरिटी तथा जेनेरल सर्भिसेज् निर्देशक महेन्द्र कुमार भट्टचनले काठमाडौंमा भएको एक कार्यक्रम माझ दुई विजयीहरु झापाका जाकिर हुसैन र नुवाकोटका हरि श्रेष्ठलाई बिहीबार जनही एक लाख नगद पुरस्कार प्रदान गर्नुभएको हो ।

‘रिचार्ज एण्ड विन’ अफर भदौ १७ गतेदेखि संचालनमा रहेको छ । यस योजनामा सप्ताहभर रु १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्छन् । यो योजना अन्तर्गत प्रत्येक विजयीले खुद रु एक लाख नगद पुरस्कार पाउँछन् यो योजना अन्र्तगत प्रत्येक विजयीले खुद रु एक लाख नगद पुरस्कार पाउँछन् र यसमा लाग्ने कर कम्पनीले नै व्यहोर्ने छ ।  
  
यो योजना साप्ताहिक चक्रमा संचालन भईरहेको छ, जसको शुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ । ग्राहकले आइतबारदेखि शनिबारसम्मको अबधिमा गरेको प्रत्येक रु १०० बराबरको रिचार्जका आधारमा उनीहरुले एसएमएस मार्फत एउटा कोड प्राप्त गर्छन् । उदाहरणको लागि ग्राहकले आइतबारदेखि शनिबारसम्ममा रु २५० को रिचार्ज गरेका छन् भने यो सप्ताह लगत्तैको सोमबारसम्ममा एसएमएसमार्फत दुई वटा विशेष कोडहरु प्राप्त गर्छन् । 
 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया