एसिया कप क्रिकेट खेल्न विराट कोहली बिना नै भारतीय टिम दुबईमा

 भदौ २९, २०७५ शुक्रबार ६:४८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

शनिबारदेखि सुरु हुने एसिया कप क्रिकेटका लागि भारतीय टिम दुबई पुगेको छ । नियमित कप्तान विराट कोहली बिना नै भारतीय टिम एसिया कप खेल्न पुगेको हो । 

भारतीय टिमको कप्तानी रोहित शर्माले गर्दैछन् भने उनलाई पूर्व कप्तान तथा ब्याट्सम्यान महेन्द्रसिंह धोनीले सघाउने छन् । शनिबार सुरु हुने उद्घाटन खेलमा बंगलादेशले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

भारतले १८ तारिखमा छनौट प्रतियोगिताको उपाधि विजेता सिंगापुरसँग खेल्ने छ । भारत र पाकिस्तान भने १९ तारिखमा आमने सामने हुनेछन् । एसिया कप युएई दुबई र अबुधावीमा हुने छ ।

पहिलाे एसिया कप यूएर्इले नै अायाेजना गरेकाे थियाे । सन् १९८४ मा यूएर्इबाट सुरू भएकाे एसिया कप उसले याेसहित तेस्राे पटक अायाेजना गर्दै छ । १४ अाैं संस्करणसम्म अाइपुग्दा भारतले १३ वटा संस्करणमा सहभागिता जनाएकाे छ ।

पहिलाे एसिया कपकाे उपाधि नै भारतले जितेकाे थियाे । उसले १९८६ मा श्रीलंकामा भएकाे एसिया कप खेलेकाे थिएन ।

युएर्इले दाेस्राे पटक १९९५ मा अायाेजना गर्दा पनि भारतले नै उपाधि  जितेकाे थियाे । तर यूएर्इले याेसहित तेस्राे पटक एसिया कपकाे अायाेजना गर्दा घरमै भने यूएर्इकाे टिमले खेल्ने साैभाग्य पाएकाे छैन । युएर्इले सन् २००४ र २००८ मा दुर्इ पटक एसिया कप अाफ्नाे देश बाहिर गएर खेलेकाे छ ।

यसपटक फाइनलमा हङकङसँग पराजित भएपछि अाफ्नै देशमा एसिया कप खेल्ने यूएर्इकाे सपना तुहिएकाे थियाे । यसैगरी हङकङकाे एसिया कपमा १० वर्षपछि पुनरागमन गरेकाे छ । छनाैटकाे उपाधि जितेपछि हङकङ भारत र पाकिस्तान रहेकाे समूहमा परेकाे छ ।

एसियाकप अायाेजना गर्ने सवालमा बंगलादेश सबैभन्दा अगाडि छ । उसले अहिले सम्म ५ पटक अायाेजना गरे पनि उपाधि भने जित्न सकेकाे छैन । २०१६ काे एसिया कपकाे फाइनलमा भारतसँग पराजित गरेकाे थियाे ।

अहिले सम्म भारतले एसिया कपकाे उपाधि सर्वाधिक ६ पटक जितेकाे छ । श्रीलंकाले ५ पटक एसिया कप जित्दा पाकिस्तानले २ पटक उपाधि जितेकाे छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

1 Comments

  • Like Bista

    Sept. 14, 2018, 8:55 a.m.

    India Vs Hongkong Ho. Not Singapore.

  •  0 Reply

तपाईको प्रतिक्रिया