क्षतिपूर्ति माग गर्दै दुर्घटनाका पीडितहरूले रुकुम पश्चिममा गाडी बन्द गरे

 फागुन २५, २०७८ बुधबार १५:४९:५८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – बस दुर्घटनाका पीडितहरूले क्षतिपूर्ति माग गर्दै रुकुम पश्चिममा गाडी बन्द गरेका छन् । आफूहरूका माग सम्बोधन गर्न बेवास्ता गरिएको भन्दै बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्त तथा घाइतेहरूले गाडी बन्द गराएका हुन् । आज बुधवार बिहानैदेखि सदरमुकामबाट बाहिर जाने र भित्रिने कुनै पनि गाडी चलेका छैनन् । 

गएको मङ्सिर २० गते मुसिकोट नगरपालिका २ मा भएको बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले क्षतिपूर्ति पाउनुपर्ने तथा घाइतेहरूको उपचार खर्च सम्बन्धित निकायले बेहाेर्नुपर्ने माग गरेका छन् । त्याे दुर्घटनामा एक जनाको ज्यान गएकाे थियो भने ३९ जना घाइते भएका थिए ।

प्रहरीले दुर्घटनापछि कुनै पनि प्रक्रिया नथालेको भन्दै पीडितहरू आक्रोशित भएका छन् । फागुन २० गते रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई घटनाको विषयमा ध्यानाकर्षण गराए पनि सम्बन्धित निकायबाट माग सम्बोधन नभएकाे भन्दै आन्दाेलन गर्नुपरेकाे उनीहरूले बताएका छन् ।

दुर्घटनाका घाइते सुशील थापाले आफूहरूकाे माग सम्बोधन नभएसम्मका लागि आन्दोलन जारी रहने बताउनुभयो । 

यस्तै प्रहरीले सिस्ने हिमाल यातायात प्राली र चालकलाई सम्पर्कमा नल्याएको, कानुनी कारबाहीकाे प्रक्रिया अगाडि नबढाएको पीडितहरूको आरोप छ ।

हिजाे मङ्गलवार पीडितको तर्फबाट स्थानीयवासी टेकबहादुर बस्नेत, भानु केसी, चोपबहादुर केसी, कालिबहादुर महतारा, सुशील थापा, मोहन केसी र वीरबल केसीले संयुक्त विज्ञप्ति निकाल्दै गाडी बन्दको घोषणा गरेका थिए । विज्ञप्तिमार्फत उनीहरूले गाडी नचलाएर सहयोग गर्न सबैलाई अनुरोधसमेत गरेका छन् ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया