रुकुम पूर्वको बुर्केसल्ला जङ्गलमा दर्जन बढी सकेट बम भेटियो : डिस्पोज गर्ने तयारी

 फागुन २७, २०७८ शुक्रबार ७:३१:३४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व - रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर–२ प्वाङको बुर्केसल्ला जङ्गलमा सकेट बम भेटिएको छ ।

कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा सकेट बम फेला परेको हो । वडाध्यक्ष जीवन केसीका अनुसार हिजो दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयले शङ्कास्पद वस्तु देखेपछि वडा कार्यालयमा जानकारी गराएका थिए ।

वडाले इलाका प्रहरी कार्यालय प्वाङमा खबर गरेपछि टोली खटिएको थियो । जङ्गलमा रहेको ओढारमा ड्रमभित्र राखेको वस्तु सकेट बम रहेको प्रहरीले जनाएको छ । बमको सङ्ख्या यकिन नभए पनि दर्जनभन्दा धेरै नै रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।

सकेट बम रहेको ठाउँमा निगरानी गरिएको र आज बिहान जिल्ला सदरमुकाम रुकुमकोटबाट नेपाली सेनाको टोली गएर डिस्पोज गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया