डोटीमा बालश्रमिक नभएका घरमा गाडियो हरियो झण्डा

 भदौ २९, २०७५ शुक्रबार १७:४७:१० | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीमा बाल दिवसको अवसर पारेर बालश्रमिक नभएको घरमा हरियो झण्डा गाडिएको छ ।

शुक्रबार दिपायल सिलगढी नगरपालिका मेयर मञ्जु मलासीले जिल्ला सदरमुकाम सिलगढीमा बालश्रमिक नभएको घरमा हरियो झण्डा गाड्ने अभियानको सुरुवात गर्नु भएको छ । 

डोटी जिल्लालाई नै बालश्रम मुक्त घोषणा गर्ने अभियान अन्तरगत उक्त हरियो झण्डा गर्ने अभियानको थालनि गरिएको मेयर मलासीले बताउनुभयो । ‘हामी बाल श्रम मुक्त जिल्ला घोषणा गर्ने अभियानमा छौँ, बालश्रमिक नभएको घरमा हरियो झण्डा गाडेका छौँ’, उहाँले भन्नुभयो, ‘बालश्रमिक राख्ने घरमा गाडेका छैनौँ, बालश्रमिक राख्नेलाई नगरपालिकाले दिने सुविधा दिने छैनाैँ ।’

जिल्लामा बालश्रमिक मुक्तका लागि नगरपालिकाले विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । नगरपालिकाले गरेको यो अभियानलाई यहाँका स्थानियबासीहरुले स्वागत योग्य काम भन्दै स्वागत समेत गरेका छन् । डोटी जिल्लाका विभिन्न निजी घर, पसल तथा होटेलहरुमा लामो समय देखी बालश्रमिकहरु रहेका छन् । बालश्रम अन्त्य गर्न नगरपालिकाले बिभिन्न कार्यक्रम सञ्चालन गरे पनि सफल हुन सकेको छैन् ।

बालश्रमिक राख्नेहरुलाई कानुनी कारबाही नगरेसम्म त्यसको अन्त्य हुन नसक्ने कांग्रेस नेता घनश्याम पाठकले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बालश्रमिक राख्नेलाई अभियानले होइन, कानुनले ठिक लगाउनु पर्छ ।’
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया