लमजुङमा स्वास्थ्य कार्यालय स्थापना : लमजुङ र मनाङ कार्यक्षेत्र

 भदौ ३०, २०७५ शनिबार ७:५:३५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ– लमजुङको बेसीसहरमा स्वास्थ्य कार्यालय स्थापना गरिएको छ । 

गण्डकी प्रदेशको मातहतमा रहने गरी स्वास्थ्य कार्यालय स्थापना गरिएको हो । बिहीबार स्थापना गरिएको यस कार्यालयको कार्यक्षेत्र लमजुङ र मनाङ तोकिएको छ । प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले बिहीबार स्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र लमजुङको उद्घाटन गर्नुभएको हो । 

प्रदेश सरकारले स्वास्थ्य र शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्छ भन्ने कुरा संघीय सरकारसम्म लगेको उहाँले जानकारी गराउनुभयो । ‘यसका लागि आवश्यक पूर्वाधार र जनशक्तिको उचित व्यवस्थापन गर्दै सेवा प्रवाहलाई चुस्त बनाउनु आवश्यक छ,’ उहाँले अघि थप्नुभयो । 

सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक तारानाथ पौडेलले स्वास्थ्यकर्मीहरुलाई उच्च मनोवलका साथ निश्वार्थ रुपमा नागरिकको सेवामा खट्न निर्देशन दिनुभएको छ । 

वरिष्ठ जनस्वास्थ्य अधिकृत केशवप्रसाद चापागाईँका अनुसार कार्यालयमा वरिष्ठ जनस्वास्थ्य अधिकृत सहित ११ जना कर्मचारीको दरबन्दी छ । कार्यालयले औषधि, विशेषज्ञ सेवा, खोप व्यवस्थापन र स्थानीय तहमा प्राविधिक सहयोग लगायतका काम गर्नेछ ।

नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदानका लागि आफूहरु सदैव जुट्ने उहाँले प्रतिवद्धता समेत जनाउनुभएको छ ।    
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया