साफ च्याम्पियनसिप फाइनल : भारत भर्सेस मालदिभ्स, कसले मार्ला बाजी ?

 भदौ ३०, २०७५ शनिबार ८:१६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज सात पटकको च्याम्पियन भारत र माल्दिभ्स आमने सामने हुँदैछन् ।

बंगलादेशको ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा शनिबार साँझ नेपाली समयअनुसार पौने ७ बजेदेखि फाइनल खेल सुरु हुनेछ ।

सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई ३–० ले पराजित गरेको थियो भने भारतले चीरपरिचित प्रतिद्वन्दी पाकिस्तानलाई ३–१ गोलले हराउँदै उपाधि भिडण्त पक्का गरेका थिए ।

यी दुई टोली समूह चरणमा पनि आमने सामने भएका थिए । समूह बी अन्तर्गतको खेलमा भारतले माल्दिभ्सलाई २–० गोलअन्तरले पराजित गरेको थियो ।

भारत साफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन पनि भएकाले उसलाई उपाधिको प्रबल दाबेदारका रुपमा हेरिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया