नो नेइमार, नो एम्बाप्पे नो प्रोब्लम, स्टार खेलाडीबिनै पीएसजीको शानदार जित

 भदौ ३०, २०७५ शनिबार ८:५२:५७ | एजेन्सी

फ्रेञ्च लिग वान अन्तर्गत साविक विजेता पेरिस सेन्ट जर्मेइन पीएसजीले सेन्ट इटिनलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । 

सुपरस्टार खेलाडीहरु नेइमार र केलियन एम्बाप्पे अनुपस्थित रहेको खेलमा पीएसजीका लागि इडिन्सन काभानी, एञ्जेल डिमारिया, मोउसा डियाबी र जुलियन ड्राक्सलरले गोल गरेका थिए । घरेलु मैदानमा पीएसजीका लागि ड्रक्सलरले खेलको २२औं मिनेटमा गोल गरी सुवाति अग्रता दिलाए ।

दोस्रो हाफमा पीएसजीले तीन गोल थप्यो । ५१औं मिनेटमा काभानीले पेनाल्टीमार्फत गोल गर्दा ७६औं मिनेटमा डि–मारियाले गोल गरे । त्यस्तै सब्सिच्युड मिडफिल्डर डियाबीले खेलको ८४औं मिनेटमा कभानीको पासमा गोल गरी पीएसजीलाई ४–० गोलको जित सुनिश्चित गराए । 

लिगमा पाँचौं चरणको खेल सकिँदासम्म पीएसजी शतप्रतिशत जितका साथ अंकतालिकाको शीर्ष स्थानमा छ ।

अन्तिम अपडेट: चैत १८, २०८०

तपाईको प्रतिक्रिया