बक्यौता नबुझाउने तीन क्यासिनोलाई पाँच दिने अल्टिमेटम !

 चैत ११, २०७८ शुक्रबार १३:१:५९ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डाै - पर्यटन विभागले सरकारलाई बुझाउनु पर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो कम्पनीलाई पाँच दिने अल्टिमेटम दिएको छ । विभागले पाँच दिनभित्र ९० करोड ५५ लाख ७६ हजार रुपैयाँ बक्यौता बुझाउन अल्टिमेटम दिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बक्यौता रकम असुल गराउनका लागि अल्टिमेटम दिन बुधवार मन्त्रिस्तरीय निर्णय गर्नुभएसँगै तीन क्यासिनो कम्पनीलाई अल्टिमेटम दिइएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'मन्त्री आलेले मन्त्रिस्तरीय निर्णय गरी बक्यौता बुझाउनका लागि अल्टिमेटम दिने निर्णय गर्नुभएको छ, हामीले रकम बुझाउन पाँच दिनको सूचना प्रकाशन गरेका छौँ, नबुझाए कारबाही हुन्छ ।'

विभागले एक सार्वजनिक सूचना प्रकाशन गरी रक इन्टरनेशनल प्रालि काठमाण्डौको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाण्डौकाे ३० करोड १७ लाख र ओरियन्टल होटल्स (र्‍याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड रुपैयाँ बक्यौता रहेको छ ।

ती कम्पनीहरुले पाँच दिन भित्रमा बक्यौता रकम नबुझाए कानुनी कारबाही हुने विभागले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार रुपैयाँ उठाउन बाँकी रहेको छ । अहिलेसम्म १७ वटा कम्पनीले रोयल्टी बुझाइ सरकारको खातामा ८७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया