टर्कीका अभिनेता दुज्यातान नेपाल आउने

 चैत १४, २०७८ सोमबार २०:७:२० | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउनका लागि टर्कीका चर्चित अभिनेता उनगिनअल्टान दुज्यातान नेपाल आउने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र टर्की–नेपाल व्यापार परिषद्का अध्यक्ष मेहमतमुस्तफा एकिनसेलरबीच आज सोमवार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा याे जानकारी दिइएकाे हाे । एकिनसेलरले नेपालको पर्यटन प्रवर्द्धन र टर्कीका पर्यटक नेपाल भित्र्याउनका लागि चर्चित अभिनेता दुज्यातानलाई नेपाल ल्याउने जानकारी दिनुभएको हो ।

टर्की–नेपालको पर्यटन प्रवद्र्धन तथा कोभिड पछिको पर्यटन उद्योगलाई उकास्नका लागि भए पनि अभिनेता दुज्यातान नेपाल आउँदा निकै फाइदा हुने मन्त्री आलेले बताउनुभयो । मन्त्रालय र पर्यटन पुनरुत्थानको सहकार्यमा अभिनेता दुज्यातान आउँदो वैशाखमा नेपाल आउने कार्यक्रम रहेको पर्यटन पुनरुत्थानका संयोजक राजाराम गिरीले जानकारी दिनुभयो । 

यस्तै आउँदो जेठ १४ गते भारतीय अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम तय भएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया