टाइगर श्रफ र दिशा पटानीकाे ब्रेकअप ?

 भदौ ३०, २०७५ शनिबार २०:५०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता टाइगर श्रफ र दिशा पटानी लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका थिए । 

यी दुवैले आफूहरुबीचको सम्बन्धलाई सार्वजनिक रुपमा घोषणा नगरे पनि अधिकाँश समय एकअर्काकै साथमा बिताउँदै आइरहेका थिए । 

केही दिनअघि मात्रै टाइगरले दिशासँगभन्दा पनि उनको नयाँ फिल्मकी अभिनेत्रीसँग समय बिताउन थालेपछि दिशा टाइगरसँग रिसाएको खबर सार्वजनिक भएको थियो । 

अहिले टाइगर र दिशाले एकअर्कासँग छुट्टिने निर्णय लिएको खबरहरु आइरहेका छन् । 

यसरी लामो समयदेखिको सम्बन्ध एकाएक टुट्नुको कारण टाइगरकी तिनै नयाँ अभिनेत्री तारा सुतारिया हुन् । टाइगरले दिशाभन्दा तारा सुतारियासँग समय बिताउन थालेका कारण दुवैको ब्रेकअप भएको हो । 

अब टाइगर र दिशाले केवल असल साथीको सम्बन्धलाई मात्रै अगाडि बडाउने निर्णय लिएका छन् । 



दिशा पटानी र टाइगर श्राफले फिल्म ‘बागी २’ मा जोडीको रुपमा स्क्रिन सेयर गरेका थिए । यो फिल्म बक्स अफिसमा सुपरहिट सावित भएको थियो । साथै ‘बागी २’ सन् २०१८ को सर्वाधिक कमाइ गर्ने फिल्म मध्यको एक बनेको छ । 

तर दुर्भाग्य दिशा र टाइगरको जोडी भने यसै वर्ष छुट्टिएको छ । यस खबरले टाइगर र दिशाका फ्यानहरुलाई भने दुख बनाउन सक्छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया