अमेरिकी कलाकारहरूकाे समूहले नेपालमा चलचित्र छायाङ्कन गर्ने

 चैत १५, २०७८ मंगलबार १८:५५:६ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउनका लागि अमेरिकी राष्ट्रिय कलाकारहरूको समूह प्लेङफर चेन्ज फाउन्डेशनले नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा आएर चलचित्रको छायाङ्कन गर्ने भएका छन् । 

आज मङ्गलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग भेट गरी फाउन्डेशनका निर्देशक ज्याक, कार्यक्रम निर्देशक थोमस सहितको टोलीले आउँदो वैशाखमा नेपालका पर्यटकीय क्षेत्रमा गएर चलचित्रको छायाङ्कन गर्ने जानकारी दिएको हो । भेटमा अमेरिकी टोलीले नेपालमा रहेको सुरसुधा समूहसँग सहकार्य गरी चलचित्र छायाङ्कन गर्ने बताएको छ । 

यस्तै फाउन्डेशनले नेपालको कला, संस्कृतिको जगेर्नाका लागि नेपालका विभिन्न जिल्लाको भ्रमण गरी उपयुक्त देखिएका ठाउँमा सङ्गित विद्यालयसमेत स्थापना गर्ने योजना बनाएको छ ।

यसअघि यो फाउन्डेशनले काठमाण्डौ, ललितपुर, उदयपुरको गाईघाट, कटारी, तिनतले गाउँमा सङ्गित विद्यालय स्थापना गरिसकेको छ । ती विद्यालयहरूबाट निःशुल्क रूपमा सङ्गित सिकाउन थालिएको सुरसुधा समूहका तबला वादक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालको पर्यटन प्रवद्र्धन र यहाँको कला, संस्कृतिको जगेर्नाका लागि अमेरिकी कलाकारहरूको योजना स्वागतयोग्य रहेको मन्त्री आलेले बताउनुभयो । मन्त्री आलेले त्यसका लागि आफूहरू सहयोग गर्न तयार रहेको वचन दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया